केही दिनअघि जनमत पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उनले आफ्नै भाइ सत्यवान सिंह संयोजक रहेका स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
राजविराज — पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । नेता/कार्यकर्ताको जुलुससहित राजविराज-७ सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
केही दिनअघि जनमत पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उनले आफ्नै भाइ सत्यवान सिंह संयोजक रहेका स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन् । सिंहका प्रस्तावकमा रामकुमार राय र समर्थकमा रविनकुमार सिंह छन् । यसअघि जनमत पार्टीबाटै २०७९ मा सप्तरी क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट उनी १६ हजार ४३४ मत ल्याएर निर्वाचित भएका थिए ।
यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कूल १ लाख ५ हजार ९२२ जना मतदाता छन् ।
