रौतहट-२ मा कांग्रेसबाट डा. फिरदोस आलमको उम्मेदवारी

डा. फिरदोस पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा हुन्

माघ ६, २०८२

शिव पुरी

Dr. Firdos Alam's candidacy from Nepali Congress in Rautahat-2

रौतहट — रौतहट-२ का कांग्रेसबाट डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधसभा निर्वाचनको पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्माद आफताब आलमका छोरासमेत रहेका डा.फिरदोसले उम्मेदवारी दर्ता गराएका हुन् ।

काग्रेसले डा.फिरदोसलाई उम्मेदवार बनाएको हो । अघिल्लो निर्वाचनमा आलम नेकपा एमालेका किरण साहसित पराजित भएका थिए । साहले एमाले छाडेर यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।  

कांग्रेसले भने यस पटक पनि डा. फिरदोसलाई टिकट दिएको हो । उनका बुवा मोहम्मद आफताब आलमको तीन महिनाअघि मृत्यु भइसकेको छ । अघिल्लो निर्वाचनका बेला बुवा आफताब राजपुर बम विस्फोट घटनामा नख्खु कारागारमा थिए ।  

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully