डोल्पामा नेकपाबाट धनबहादुरले दिए उम्मेदवारी

चौथो पटक चुनाव जित्ने दाउमा

माघ ६, २०८२

रामचन्द्र न्यौपाने

Dhan Bahadur files candidacy from NCP in Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पामा नेकपाबाट पूर्वमन्त्री धनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि तीन पटक प्रतिनिधिसभा सदस्य बनिसकेका बुढा चौथो पटक पनि सांसद बन्ने दौडमा चुनावी मैदानमा होमिएका हुन् ।

उनी २०७०,२०७४ र २०७९ को प्रतिनिधसभा निर्वाचनमा विजयी भएका थिए भने दुई पटक मन्त्री समेत बनिसकेका छन् 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully