जोशीले यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । उनी कांग्रेस उम्मेदवार वैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए ।
तनहुँ — तनहुँ क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्य पदका लागि दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा मंगलबार जोशीले उम्मेदवारी दिएका हुन् ।
जोशीले यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । उनी कांग्रेस उम्मेदवार वैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए ।
न्यौपानले १२ हजार ७८ मत पाउँदा एमालेको समर्थनमा मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार८२६ मत प्राप्त गरेका थिए ।