अर्घाखाँचीमा कांग्रेसले दियो विष्णुप्रसाद खनाललाई टिकट

स्नातक तह उत्तीर्ण ५५ वर्षीय खनाल विद्यार्थीकालदेखि जिल्लामै बसेर केही समय पत्रकारिता, राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका प्रभावशाली नेता मानिन्छन् ।

माघ ६, २०८२

वीरेन्द्र केसी

Congress gives ticket to Bishnu Prasad Khanal in Arghakhanchi

अर्घाखाँची — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) उम्मेदवार बन्ने भएका छन् । उनलाई कांग्रेसले अर्घाखाँचीका लागि उम्मेदवार बनाएको हो ।

मालारानी गाउँपालिका–४ खनका खनाल नेविसंघबाट राजनीति यात्रा सुरु गरेका थिए । स्थायी शिक्षकको जागिर छाडेर २०५४ को स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

केही वर्ष जिल्लामा पत्रकारिता पनि गरेका खनाल कांग्रेसको गाउँ, क्षेत्र, जिल्ला सदस्य, सचिव, उपसभापति हुँदै सभापति बनेर प्रदेश तहमा पुगेका हुन् । उनी २०७४ को निर्वाचनमा प्रदेशसभा १ मा पनि उम्मेदवार थिए । दुई निर्वाचनमा पराजित खनाल अहिले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । 

स्नातक तह उत्तीर्ण ५५ वर्षीय खनाल विद्यार्थीकालदेखि जिल्लामै बसेर केही समय पत्रकारिता, राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका प्रभावशाली नेता मानिन्छन् ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully