यसअघि उम्मेदवार तोकिएका वीरबहादुर बलायरले मंगलबार दिउँसो चुनावी प्रतिस्पर्धामा भाग नलिने घोषणा गरेपछि कांग्रेसले गोरखबहादुर विष्ट ‘आनन्द’ लाई नयाँ उम्मेदवारका रूपमा अघि सारेको हो ।
कैलाली — नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर-४ मा आफ्नो उम्मेदवार परिवर्तन गरेको छ ।
यसअघि उम्मेदवार तोकिएका वीरबहादुर बलायरले मंगलबार दिउँसो चुनावी प्रतिस्पर्धामा भाग नलिने घोषणा गरेपछि कांग्रेसले गोरखबहादुर विष्ट ‘आनन्द’ लाई नयाँ उम्मेदवारका रूपमा अघि सारेको हो ।
पार्टी स्रोतका अनुसार बलायरको निर्णयपछि केन्द्रीय नेतृत्वको छलफलबाट विष्टलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। बलायरले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै चुनावबाट अलग हुने निर्णय गरेको बताइएको छ।
नयाँ उम्मेदवार बिष्ट कुनै समय नेपाल परिवार नियोजन संघमा कार्यरत थिए। हाल उनी नेपाली कांग्रेस अमेरिका जनसम्पर्क समिति का अध्यक्ष छन्। साथै, कांग्रेसको १३ औँ महाधिवेशनमा उनी देउवा पक्षबाट महाधिवेशन प्रतिनिधि समेत रहेका थिए।
यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि बलायरबाहेक विजय कुँवर, लोकराज पाण्डे, दिनेश जोशी र टेकराज जोशीको नाम पनि चर्चामा रहेको थियो।