पूर्वअर्थमन्त्रीसमेत रहेका पुन तेस्रो पटक रोल्पाबाट उम्मेदवार बन्दैछन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए ।
काठमाडौँ — नेकपाका नेता वर्षमान पुन अनन्त आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गृहजिल्ला रोल्पा पुगेका छन् ।
पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती र नेता झक्कु सुवेदीसहित गृहजिल्ला प्रवेश गरेका पुनलाई सुनिल स्मृति गाउँपालिका-४ सुलीचौरमा पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरेका थिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुन तेस्रो पटक रोल्पाबाट उम्मेदवार बन्दैछन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए ।