झापा–५ मा दुई प्रभावशाली नेताबीचको प्रतिस्पर्धाले चुनावी माहोल थप रोचक बनेको छ ।
दमक — रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन झापा–५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन् । ओलीले मंगलबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
ओली सोमबार नै झापा पुगेका थिए भने बालेन शाह जनकपुरमा आयोजित कार्यक्रम सकेर मंगलबार मात्रै झापा आइपुगेका हुन् । बालेनले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका छन् ।
झापा–५ मा दुई प्रभावशाली नेताबीचको प्रतिस्पर्धाले चुनावी माहोल थप रोचक बनेको छ । दुवै नेताको उम्मेदवारी दर्तासँगै उक्त क्षेत्रमा राजनीतिक सरगर्मी अझ बढ्ने देखिएको छ ।
