बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई निर्वाचन कार्यालयसम्म पुर्‍याएका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Balen files candidacy from Jhapa-5

दमक — काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् । रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

सयौँ समर्थकका साथमा उनी मंगलबार निर्वाचन कार्यालय पुगेका थिए । समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई निर्वाचन कार्यालयसम्म पुर्‍याएका थिए । झापा–५ मा उनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच झापा-५ मा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेकपाले भने झापा-५ मा पूर्वविद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

कान्तिपुर

Link copied successfully