ठूला र सुविधासम्पन्न अस्पतालमा निःशुल्क उपचार गर्न पाउनु समाजवाद भएको बालेन्द्र शाहको भनाइ थियो ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले सही मान्छे आउँछ भनेर घण्टी चुनाव चिह्नमा भोट हाल्न आग्रह गरेका छन् ।
रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर नभई सही मान्छे नेतृत्वमा आउँदैछ भनेर रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न आग्रह गरे ।
'मधेशीको छोरा प्रधानमन्त्री बन्दैछ भनेर नभई सही मान्छे आउँदैछ भनेर घण्टीमा भोट हाल्नुस् । सही समय ल्याउनका लागि र सही सरकार ल्याउनका लागि घण्टीमा भोट हाल्नुस,' शाहले भने ।
त्यस्तै, शाहले काठमाडौं महानगरमा जस्तो समाजवाद देशभर ल्याउनुपर्ने बताए । उनले महंगा स्कुलमा निःशुल्क पढ्न पाउनु समाजवाद भएको बताए ।
ठूला र सुविधासम्पन्न अस्पतालमा निःशुल्क उपचार गर्न पाउनु समाजवाद भएको बालेन्द्र शाहको भनाइ थियो । 'जे काठमाडौं महानगरमा समाजवाद छ, त्यस्तै समाजवाद सात वटै प्रदेश र ७५३ स्थानीय तहमा हुनुपर्छ,' उनले भने ।
मधेश प्रदेशका मन्दिर, पोखरी र भूमिको संरक्षण रास्वपाले गर्ने पनि शाहको भनाइ थियो ।
