काठमाडौं-८ बाट नेकपाका उम्मेदवार सुमन सायमी

गत साता उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Suman Sayami, the NCP candidate from Kathmandu-8

काठमाडौँ — सांस्कृतिक अभियन्ता सुमन सायमीलाई नेकपाले काठमाडौं-८ का लागि टिकट दिएको छ ।

गत साता उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।

कपा संयोजक पुष्पकमल दाहालले उनलाई टिकट हस्तान्तरण गरेका छन् । टिकट हस्तान्तरण गर्दै उनले काठमाडौं उपत्यकाबाट जित्ने बलियो सम्भावना भएको उम्मेदवार भन्दै शुभकामना दिएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सायमी काठमाडौं-८ बाटै उम्मेदवार भई दोस्रो धेरै मत ल्याएका थिए । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त महर्जन १० हजार ११२ मतसहित विजय भएका थिए । हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिह्नसहित उम्मेदवारी दिएका सायमीले ६ हजार १७९ मत मात्रै ल्याए ।

कान्तिपुर

Link copied successfully