जुम्लामा रास्वपाले विनीतालाई दियो टिकट

२०७९ सालमा समानुपातिक सांसद बनेकी कठायतले संसद‍्मा खस भाषाको संरक्षण गर्नेदेखि कर्णालीको पर्यटन प्रवर्द्धनका क्षेत्रमा आवाज उठाउँदै आएकी छन् ।

माघ ५, २०८२

डीबी बुढा

RSVP gives ticket to Vinita in Jumla

जुम्ला — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जुम्लामा विनीता कठायतलाई उम्मेदवार बनाएको छ । पार्टी सभापति रवि लामेछानेले विनीतालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसको पत्र दिएका हुन् ।

२०७९ सालमा समानुपातिक सांसद बनेकी कठायतले संसद‍्मा खस भाषाको संरक्षण गर्नेदेखि कर्णालीको पर्यटन प्रवर्द्धनका क्षेत्रमा आवाज उठाउँदै आएकी छन् । निवर्तमान सांसदसमेत रहेकी कठायतले आफूले टिकट पाएको जानकारी दिइन् । 

उनले भ्रष्टाचार उन्मूलन, सुशासन स्थापना, जनमैत्री व्यवस्थाको वकालत गर्नेदेखि साझा समस्याहरू पहिचान गरेर समाधान गर्न हौसला समेत मिलेको प्रतिक्रिया दिइन् । ‘अब परिवर्तन रोकिन्न,’ उनले भनिन्, ‘आफ्नो भविष्य निर्माणको निर्णय आफ्नै भोटले गर्ने अभिभारा जनताकै हातमा छ ।’

यसअघि नेकपा एमालेले शान्तिलाल महत र नेपाली कम्युनिस्ट पार्टीले नरेश भण्डारीलाई उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully