राप्रपाले काठमाडौं-१ मा रवीन्द्र मिश्र र काठमाडौं-२ मा कुन्ति पोखरेललाई दोहोर्याएर टिकट दिएको छ ।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंका १० क्षेत्रमा उम्मेदवार टुंगाएको छ । राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्र र काठमाडौं २ मा कुन्ति पोखरेललाई दोहोर्याएर टिकट दिएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनीहरु सोही क्षेत्रबाट उम्मेदवार भएका थिए । शाही रास्वपाकी सोबिता गौतमसँग पराजित भएकी थिइन् भने मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
त्यस्तै, काठमाडौं ३ मा सुन्दरसिंह बोहोरा,काठमाडौं ४ मा सुरेन्द्र भण्डारी,काठमाडौं ५ मा कमल थापा, काठमाडौं ६ मा उद्धव भेटुवाल, काठमाडौं ७ मा लालकुमार लामा,काठमाडौं ८मा नवीन शाही, काठमाडौं ९ मा दिलिप कार्की र काठमाडौं १० मा बलराम थापालाई उम्मेदवार बनाएको छ। राप्रपाको काठमाडौं ५ को टिकट वितरणमा भने विवाद देखिएको छ । यसअघि मकवानपुरबाट उम्मेदवार हुँदै आएका कमल थापाले काठमाडौं ५मा टिकट पाएपछि राप्रपाका स्थानीय नेताहरु हिक्मतजंग कार्की लगायतले पार्टी नै छोडेका छन् । कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूमाथि अन्याय भएको भन्दै स्वतन्त्र भएको दाबी गरेका छन् ।
राप्रपाका काठमाडौंका उम्मेदवार को, कहाँबाट ?
काठमाडौ १ रविन्द्र मिश्र
काठमाडौ २ कुन्ति पोखरेल
काठमाडौ ३ सुन्दरसिंह बोहारा
काठमाडौ ४ सुरेन्द्र भण्डारी
काठमाडौ ५ कमल थापा
काठमाडौ ६ उद्धव भेटुवाल
काठमाडौ ७ लालकुमार लामा
काठमाडौ ८ नवीन शाही
काठमाडौ ९ दिलिप कार्की
काठमाडौ १० बलराम थापा
