पूर्वी नवलपरासी-१ मा रास्वपाबाट राजन गौतम उम्मेदवार

गौतम ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालासंग थोरै मतान्तरले पराजित भएका थिए।

माघ ५, २०८२

नारायण शर्मा

Rajan Gautam is the candidate from the Rashtriya Swayamsevak Sangh (RSS) in East Nawalparasi-1.

नवलपरासी — पूर्वी नवलपरासी-१ मा रास्वपाले राजन गौतमलाई उम्मेदवार बनाएको छ। पार्टीको गण्डकी प्रदेश सभापति रहेका गौतमलाई सभापति रवि लामिछानेले टिकट हस्तान्तरण गरेका छन्।

३९ वर्षीय गौतम यहाँबाट दोश्रो पटक उम्मेदवार बनेका हुन्। गौतम ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालासंग थोरै मतान्तरले पराजित भएका थिए। 

पूर्वी नवलपरासी-२ मा भने रास्वपाले उम्मेदवारको टुंगो लगाएको छैन। यहाँ उम्मेदवार बन्न तीन जनाको प्रतिस्पर्धा छ। कांग्रेसबाट रास्वपामा आएका दोमनबहादुर भण्डारी, एमालेबाट आएका डा. पुष्पमणि खराल र बालेन पक्षका २६ वर्षीय मनिष खनालबीच समझदारी गराएर टिकट दिने प्रयास भइरहेको रास्वपाका नेताहरूले बताएका छन्। 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully