राप्रपाबाट पश्चिम नवलपरासीमा प्रधान र मिश्र उम्मेदवार

पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य २९ वर्षीय नवनितकुमार मिश्रलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा यसअघि नै पार्टी उपाध्यक्ष धुव्रबहादुर प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो  ।

माघ ५, २०८२

नवीन पौडेल

Pradhan and Mishra are candidates from RPP in West Nawalparasi.

परासी — पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टीले क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य  २९ वर्षीय नवनितकुमार मिश्रलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा पार्टी उपाध्यक्ष धुव्रबहादुर प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ  ।

क्षेत्र नम्बर २ बाट गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रधान विजयी भएका थिए। 

युवा वर्गको प्रतिनिधित्व र युवालाई राजनीतिमा अवसर दिनुपर्ने मान्यता अनुसार मिश्रलाई पार्टीले उम्मेदवार बनाएको राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष मनोहरजङ्ग रायमाझीले बताए । 

जिल्लामा  नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलले उम्मेदवार टुङ्याए पनि  नेपाली कांग्रसले भने अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully