सल्यानमा नेकपाले रमेश मल्ललाई बनायो उम्मेदवार

सल्यानबाट उम्मेदवारका लागि नेकपाले ज्वाला, बस्नेत र मल्लको नाम सिफारिस गरेको थियो ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

NCP names Ramesh Malla as candidate in Salyan

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्ललाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

सल्यानबाट पूर्वमन्त्रीहरू प्रकाश ज्वाला र टेकबहादुर बस्नेतले पनि टिकटको आकांक्षा राखेका थिए । तीनै जना आकांक्षीहरूसँग छलफल गरेपछि दाहाल र नेपालले मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् । 

मल्ल अखिल क्रान्तिकारीका अध्यक्ष भइसकेका छन् । उनी केही समय माओवादी अध्यक्ष दाहालको प्रमुख स्वकीय सचिव पनि भइसकेका थिए । 

सल्यानबाट उम्मेदवारका लागि नेकपाले ज्वाला, बस्नेत र मल्लको नाम सिफारिस गरेको थियो । 

आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि नेकपाले सल्यानमा मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

कान्तिपुर

Link copied successfully