उनी २०६४ को निर्वाचनमा काठमाडौं-६ बाट विजयी भएका थिए ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौं-१० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ ।
उनी २०६४ को निर्वाचनमा काठमाडौं-६ बाट विजयी भएका थिए । २०६४ र २०७० को निर्वाचनमा यो क्षेत्रबाट नेकपा संयोजक पुष्पकमल दाहाल उम्मेदवार भएका थिए ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहेका शाक्य नेकपा बन्नुअघि बागमती प्रदेश इन्चार्ज थिए ।
