सिरहा-४ मै फर्किए पूर्वमन्त्री राजकिशोर यादव

२०७९ को आम निर्वाचनमा सिरहा-२ मा पूर्वमन्त्री कांग्रेस नेतृ चित्रलेखा यादवलाई पराजित गरेका राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाएकी थिइन् ।

माघ ५, २०८२

विनय आजाद

Former Minister Rajkishore Yadav returns to Siraha-4

सिरहा — जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री राजकिशोर यादव सिरहा- ४ मै फर्किएका छन् । यसअघि सिरहा-२ बाट निर्वाचित उनी यसपालि सिरहा-४ बाट चुनाव लड्ने भएका हुन् ।

२०७९ को आम निर्वाचनमा सिरहा-२ मा पूर्वमन्त्री नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै उनी विजयी भएका थिए । राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाएकी थिइन् । 

यादव सिरहा- ४ कै बासिन्दासमेत हुन् । सिरहा-२ अघि उनी २०७४ को निर्वाचनमा सिरहा-४ बाटै चुनाव जितेका थिए । पहिलो पटक २०६३ मा साबिक सिरहा-६ बाट विजयी उनी २०७० को चुनावमा भने पराजित भएका थिए ।

यादव दुईपटक मन्त्री र एकपटक संसदीय समितिको सभापति भइसकेका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully