पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी स्याङ्जा-१ मा रास्वपाका उम्मेदवार

नेपाल पर्यटन बोर्डका पूर्वसीईओ एवं पर्यटन व्यवसायी धनञ्जय रेग्मीलाई रास्वपाले टिकट दिएको छ ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Former CEO of Tourism Board Regmi is the RSVP candidate in Syangja-1.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा-१ मा नेपाल पर्यटन बोर्डका पूर्वसीईओ एवं पर्यटन व्यवसायी धनञ्जय रेग्मीलाई टिकट दिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका राजु थापाले विजय हासिल गरेका थिए । 

थापाले ३१ हजार ९९९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याएका थिए । रास्वपाले तेस्रो मत ल्याएको थियो । रास्वापाका उम्मेदवार बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully