रास्वपा तेह्रथुममा असन्तुष्ट नेताहरुले दिए सामूहिक राजीनामा 

पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर अमूक व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपा जिल्ला कार्यसमिति र सबै पालिका कमिटीका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Dissatisfied leaders of the Rashtriya Swayamsevak Sangh (RSS) in Tehrathum resign en masse

काठमाडौँ — फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार छनोटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तेह्रथुममा विवाद भएको छ । 

पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर अमूक व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपा जिल्ला कार्यसमिति र सबै पालिका कमिटीका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

जिल्ला कमिटीले सुरेन्द्र कार्कीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । तर जिल्लाको सिफारिस विपरीत रास्वपा केन्द्रीय समितिले ऋतुराज लिम्बूलाई तेह्रथुममा उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टहरूले सामूहिक राजीनामा दिएका हुन् । 

उनीहरूले पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । 

पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला र प्रदेश समितिको भावना विपरीत अमूक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि प्रश्न उठेको उनीहरूको दाबी छ।  

सामूहिक राजीनामा बुझाउनेहरूमा जिल्ला कार्यसमिति सभापति सुमन खत्रीदेखि सबै पालिकाका प्रमुख नेतृत्वहरू रहेका छन् । याे क्षेत्रमा क्षेत्री दाबेदार थिए । अन्य पदाधिकारीहरूमा गणेश खापुङ संयोजक, म्याङलुङ नगरपालिका सुमन लिम्बू सभापति, लालीगुराँस नगरपालिका छात्रबहादुर थापा संयोजक, मेन्छ्यायेम गाउँपालिका विष्णु एस कटुवाल,सचिव, छथर गाउँपालिका लक्ष्मण थापा संयोजक, फेदाप गाउँपालिका रहेका छन् ।

Dissatisfied leaders of the Rashtriya Swayamsevak Sangh (RSS) in Tehrathum resign en masse

कान्तिपुर

Link copied successfully