रास्वपा लक्षित सीके राउतको टिप्पणी-'संघीयता खारेज हुनुपर्छ भन्नेहरूलाई मधेशले पत्याउनेवाला छैन'

लहानमा मधेश आन्दोलनका सहिदप्रति मार्याल्पण गर्दै राउतले यस्तो टिप्पणी गरेका हुन् ।

माघ ५, २०८२

विनय आजाद

CK Raut's comment targeting the Rashtriya Swayamsevak Sangh (RSS) - 'Madhesh will not believe those who say federalism should be abolished'

सिरहा — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको नियत संघीयताप्रति ठीक नरहेको भन्दै मधेशले नपत्याउने टिप्पणी गरेका छन् ।

लहानमा मधेश आन्दोलनका सहिदप्रति मार्याल्पण गर्दै राउतले यस्तो टिप्पणी गरेका हुन् ।

मधेशी जनताको बलिदानीको बलमा आएको संघीयता समाप्त पार्नकै लागि आफूलाई कहिल्यै मधेशी नभन्ने बालेन्द्र शाहलाई मधेशपुत्रका रूपमा अघि सारेर रास्वपाले यहाँको भोट बटुल्ने नीति अख्तियार गरेको राउतको आरोप छ। 

'प्रदेशसभा जलाउने, प्रदेश र संघीयता चाहिन्न भन्नेहरूलाई मधेशले प्रतिकार गर्छ, मधेशी जनता त्यस्तालाई पत्याउनेवाला छैन,' राउतले भने, 'राष्ट्रिय राजनीतिमा मधेशकै भोट निर्णायक हो, मधेशको भोट बटुलेर ठूलो शक्ति बन्ने र संघीयता समाप्त पार्ने उनीहरूको षड्यन्त्र छ ।'

मधेशलाई मधेशको आत्मसम्मान, स्वाभिमान, अधिकार र संघीयताका लागि लड्ने नेता नै आवश्यक रहेको भन्दै त्यस्ता व्यक्तिहरूको कुनै षड्यन्त्र सफल हुन नदिने राउतले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully