रवि चितवनतिर, झापा लागे बालेन्द्र

सर्लाही क्षेत्र नं. ३ मा नवप्रवेशी अमरेशकुमार सिंहको दबाबमा अर्कै उम्मेदवारलाई टिकट दिएको भन्दै लामिछाने र शाह बसेको होटल अगाडि केहीबेर नाराबाजी गरिएको थियो ।

माघ ५, २०८२

अजित तिवारी

Balendra went to Ravi Chitwan, Jhapa

जनकपुर — जनकपुरबाट आसन्न चुनावी यात्रा थालेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी मनोनयनका लागि अबेर राति क्रमशः चितवन र झापा प्रस्थान गरेका छन् । उनीहरू अहिले केहीबेर अघि जनकपुरबाट सडकमार्ग हुँदै गएका हुन् । 

जनकपुरको तिरहुतिया गाँछीमा परिवर्तन उद्घोष सभा सकेर केहीबेर मिथिला यात्री निवास होटलमा विश्राम गरेका लामिछाने र बालेन्द्र उम्मेदवारी मनोनयनका लागि हिँडेका हुन् ।

धनुषाका प्रहरी उपरीक्षक रुगम कुँवरका अनुसार लामिछाने र बालेन दुवै जना जनकपुरबाट प्रस्थान गरेका हुन् । ‘म उहाँहरू बसेकै होटलमा अझै छु, टिकट वितरणको कार्यक्रम चलिरहेको छ,' एसपी कुँवरले भने, 'तर लामिछाने चितवन र बालेन झापाका लागि प्रस्थान गरेको हामीलाई जानकारी गराइएको छ ।'

सर्लाही क्षेत्र नं. ३ मा नवप्रवेशी अमरेशकुमार सिंहको दबाबमा अर्कै उम्मेदवारलाई टिकट दिएको भन्दै लामिछाने र बालेन्द्र बसेको होटल अगाडि केहीबेर नाराबाजी गरिएको थियो ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully