आन्दोलनका प्रथम सहिद रमेशमहतोसहित विजय सहनी, प्रमोद सदाय, बेचन यादव, अनिष अन्सारीलगायतको लहानस्थित रहेको शालिकमा बालेनले माल्यार्पण गरेका हुन् ।
सिरहा — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका छन् । आन्दोलनका प्रथम सहिद रमेशमहतोसहित विजय सहनी, प्रमोद सदाय, बेचन यादव, अनिष अन्सारीलगायतको लहानस्थित रहेको शालिकमा बालेनले माल्यार्पण गरेका हुन् ।
जनकपुरस्थित जानकी मन्दिरमा पुजापाठ गरेर बिहानै लहान आइपुगेका बालेनसँग युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेता अमरेशकुमार सिंह पनि आएका थिए । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा त्यसयता प्रत्येक माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गरिन्छ ।
सहिदको सालिकमा माल्यार्पण गरी बालेनसहितका नेताहरू जनकपुरमा आज हुने सभामा सहभागी हुन हिँडेका छन् ।
