रास्वपा प्रवेश गर्दै सुधन गुरुङ

हामी नेपाल नामक संस्थामार्फत सामाजिक काममा सक्रिय गुरुङ जेन-जी आन्दोलनपछि चर्चामा आएका थिए।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Sudhan Gurung joining the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — जेनजी आन्दोलनका अगुवा मध्येका एक सुधन गुरुङ रास्वपा प्रवेश गर्ने भएका छन्।

हामी नेपाल नामक संस्थामार्फत सामाजिक काममा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि चर्चामा आएका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता गराउनेदेखि उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपा प्रवेश गराउनेसम्मको काममा सक्रिय सुधन रास्वपा छिरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू रास्वपा प्रवेश गर्न लागेको जानकारी गराएका हुन्। उनले फेसबुकमा लेखेका छन्, 'आज दिउँसो ३:३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।'

केही दिन अघि सुधनले गोरखा- १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।  

कान्तिपुर

Link copied successfully