चुनावको पक्षमा शेखर कोइराला

कोइरालाले पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफू अदालतको निर्णय मान्ने पनि बताए ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Shekhar Koirala in favor of elections

काठमाडौँ — कांग्रेसको शेरबहादुर देउवा पक्ष मुद्दा मामिला र सडक आन्दोलनमा लागिरहेका बेला त्यही समूहका रहेका शेखर कोइराला भने चुनावको पक्षमा उभिएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने बताएका हुन् । उनले निर्वाचन सहजताका लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिँदै सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भए पनि हालसम्म त्यसको प्रत्याभूति नभएको बताए ।

कोइरालाले पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफू अदालतको निर्णय मान्ने पनि बताए । उनले नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न निर्देशन समेत दिए ।

उनले पार्टीको कठिन अवस्थामा मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए । कोइरालाले मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुने बताउँदै भने, 'म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुँदिन ।'

कान्तिपुर

Link copied successfully