प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार हुने भएसँगै श्रेष्ठ, गौतम र न्यौपानेले राजिनामा बुझाएका हुन् ।
काठमाडौँ — राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजिनामा दिएका छन् ।
प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार हुने भएसँगै श्रेष्ठ, गौतम र न्यौपानेले राजिनामा बुझाएका हुन् । भगवती न्यौपाने, तनहुँ–१ बाट एमाले उम्मेदवार बनेकी छिन् ।
नारायणकाजी श्रेष्ठ भने नेपाली कम्युनिष्ट पार्टीबाट सर्लाही–३ बाट उम्मेदवार बन्दैछन् । गत प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया १ बाट पराजित वामदेव गौतम भने यसपाला नेपाली कम्युनिष्ट पार्टीबाट बर्दिया–१बाट उम्मेदवार बन्दैछन् ।
फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ ।
सम्बन्धित समाचार
एमालेले टुंग्यायो १४० उम्मेदवार, नेकपाका २१, र रास्वपाका ८ उम्मेदवार पनि निश्चित
