शाहका सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार उनको राजीनामा तत्कालका लागि 'होल्ड' भएको हो ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तत्काल राजीनामा नदिने भएका छन् ।
शाहका सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार उनको राजीनामा तत्कालका लागि 'होल्ड' भएको हो ।
शाह प्रतिनिधिसभा निर्वाचनाका लागि उम्मेदवारी दिने तयारीमा छन् । उम्मेदवारी दर्तापछि कानुनी प्रावधानअनुसार स्वत: पद रिक्त हुने व्यवस्था भएको भन्दै उनले तत्कालका राजीनामा नदिने मुड बनाएका हुन् ।
शाह झापा-५ बाट चुनाव लड्ने तयारीमा छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा उपस्थित भएर उनी चुनावी अभियानकै लागि जनकपुर जाने कार्यक्रम छ ।
