आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका उनले धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
काठमाडौँ — धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका उनले आज उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमा घोषणा गरेका छन् ।
साम्पाङले लेखेका छन्– 'आजबाट म मेयर साप रहिन है ! म आजदेखि धराने जनता ! जय माटो ! जय देश !'
