गगन थापा नेतृत्वको नयाँ कार्यसमिति अवैधानिक भन्दै देउवा पक्ष सर्वोच्चमा

विधानविपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको देउवा पक्षको भनाइ छ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Deuba's faction moves Supreme Court, calling Gagan Thapa-led new working committee illegal

काठमाडौँ — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष उक्त निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको छ ।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च पुगेको वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए । उनका अनुसार रिट निवेदन पेस भएर अध्ययनको क्रममा छ ।

विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको भन्दै देउवा पक्षले उक्त महाधिवेशन अवैधानिक भन्दै आएको छ ।

कान्तिपुर

Link copied successfully