आफ्नो समूहसँग छलफल गर्दै कांग्रेस नेता शेखर कोइराला 

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न लागेको पूर्व सहमहामन्त्री जीवन परियारले बताए ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Congress leader Shekhar Koirala discussing with his group

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले आफ्ना समूहका नेता तथा शुभेच्छुकहरुसँग छलफल गर्दैछन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न लागेको पूर्व सहमहामन्त्री जीवन परियारले बताए । 

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिइसकेपछि कोइरालाले पार्टीको रुख चिन्ह र झन्डा रहेको ठाउँमा उभिने बताउँदै आएका छन् ।

शेरबहादुर देउवा पक्षका नेताहरु निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताइरहेका बेला कोइरालाले कांग्रेसको मुलधारबाट अलग हुन नसकिने सन्देश दिएका हुन् ।

‘हाम्रो समूहका नेताहरु रुख चिन्ह र झन्डा जहाँ छ, त्यहिँ रहनेछौं, छुट्टै पार्टी खुल्ने वा स्वतन्त्र उम्मेदवारी उठ्ने कुरा हुनसक्दैन,’ परियारले भने, ‘शेखर दाईले यसबारेमा सबै साथीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।’

आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरु आजै सर्वोच्च अदालत गएका थिए । तर, आजै सुनुवाई नभई ६ गतेलाई पेसी तोकिदिएपछि नेता कोइरालाले आफ्नो समूहका नेताहरुसँग परामर्शमा जुटेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully