गोरखा १ मा अधिकारी र २ मा न्यौपाने नेकपाका उम्मेदवार

तत्कालीन माओवादीको अखिल क्रान्तिकारीको अध्यक्ष भइसकेका न्यौपाने नेकपाका केन्द्रीय सदस्य हुन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Adhikari is the candidate for Gorkha 1 and Neupane is the candidate for Gorkha 2.

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहालले न्यौपानेलाई गोरखा क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फको टिकट दिएका हुन् । 

तत्कालीन माओवादीको अखिल क्रान्तिकारीको अध्यक्ष भइसकेका न्यौपाने नेकपाका केन्द्रीय सदस्य हुन् । उनलाई यसअघि पनि उम्मेदवार बनाउनुपर्ने माग हुँदै आएको थियो ।

यस्तै गोरखा १ बाट नेकपाले हरिराज अधिकारीलाई उम्मेदवार बनाएको छ । नेकपा तथा तत्कालीन माओवादीले २०६४ को संविधानसभा पछि पहिलोपटक दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार पठाएको हो । यसअघि गोरखामा तालमेल गर्दै आएको थियो ।

कान्तिपुर

Link copied successfully