आयोगले मान्यता दिएको कांग्रेस केन्द्रीय समिति बैठक किन पार्टी कार्यालय बाहिर ?

सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा बसेन । उनीहरुको बैठक बानेश्वरको बैंक्वेटमा बसेको थियो ।

माघ ३, २०८२

विवेक पोख्रेल

Why is the Congress Central Committee meeting, recognized by the Commission, held outside the party office?

काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दियो । महाधिवेशनबाट गरिएका निर्णयहरूलाई संविधान, कानुन तथा पार्टी विधानअनुसार मान्यता दिँदै आयोगले अद्यावधिक गरिसकेको सन्दर्भमा गगन थापा सभापति रहेको कांग्रेसको पहिलो बैठक भने पार्टी केन्द्रीय कार्यालयमा बसेन । उनीहरुको शनिबारको बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्यो ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक भने लगातार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमै हुँदै आएको छ ।

गगन थापा समूहका नेताहरूले पार्टी कार्यालय मर्मतको क्रममा रहेकाले आफूहरू केन्द्रीय कार्यालयमा बैठक बस्न नसकेको बताए ।

Why is the Congress Central Committee meeting, recognized by the Commission, held outside the party office?

‘जेन–जी प्रदर्शनपछि भवनहरू जलेका छन् । बैठक बस्ने उपयुक्त स्थान पनि छैन । अहिले मर्मतको काम चलिरहेको छ,’ सह–महामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले भने, ‘अर्को समूह आवेश र उत्तेजनामा पनि देखिएको छ । भवन निर्माण र मर्मतको प्रक्रियामा छ । काम सकिएपछि हामी पनि केन्द्रीय कार्यालय जान्छौं । हामी एकता र मित्रता खोजिरहेका छौं ।’

Why is the Congress Central Committee meeting, recognized by the Commission, held outside the party office?

रसाइलीले 'निवर्तमान सभापति शेरबहादुर देउवाले गगन थापालाई हात समाएर केन्द्रीय कार्यालयको अध्यक्षको कुर्सीमा राख्दिनु हुन्छ भन्ने चाहना' समेत आफूहरुमा रहेको बताए ।

Why is the Congress Central Committee meeting, recognized by the Commission, held outside the party office?

निर्वाचन आयोगको फैसलापछि देउवा समूह अदालत जाने तयारीमा देखिएको छ भने उनीनिकट व्यक्तिहरू पार्टी कार्यालयको सुरक्षामा खटिएका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully