बालेनका बालबालिका विज्ञ पूर्वगृहमन्त्रीको क्षेत्रमा चुनाव लड्दै

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट पूर्वगृहमन्त्री रमेश लेखक विजयी भएका थिए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Balen's children expert contesting election in former home minister's constituency

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बालबालिका सहायक विज्ञ धिरज जोशी कञ्चनपुर क्षेत्र नं. ३ बाट चुनाव लड्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने पक्का भएपछि चुनावी अभियान थालेको उनले कान्तिपुरलाई बताए । पछिल्लो समय जोशी गृहमन्त्री ओमप्रकाश अर्यालको स्वकीय सचिवसमेत थिए ।

महानगरमा जोशी नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो । त्यही बेला महानगरले काठमाडौंबाट ८३ जना जोखिममा परेका बालबालिकाको उद्धार गरेको थियो ।

बालेन्द्रको सचिवालयमा रहेर काम गरेका उनी जेन–जी आन्दोलनपछि नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसाग भएको छलफलमा समेत सहभागी थिए ।

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट पूर्वगृहमन्त्री रमेश लेखक विजयी भएका थिए । लेखक ३० हजार ५७५ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार निरुदेवी पालले १८ हजार ४८५ मत ल्याएका थिए । रास्वपा उम्मेदवार कृष्ण लुहारले २ हजार २१ मत पाएका थिए ।

कान्तिपुर

Link copied successfully