निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए ।
काठमाडौँ — नेपाली काग्रेस शेरबहादुर देउवा पक्षका नेताहरुले निर्वाचन आयोग पुगेर आफूहरुले कुनै महाधिवेशन नगरेको दाबी गर्दै गगन थापा पक्षले पेश गरेको निवेदन स्वीकार नगर्न अनुरोध गरेपछि निर्वाचन आयोगले विधि बाहिर गएर निर्णय नहुने जवाफ दिएको छ ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए ।
‘विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन,’ भण्डारीले भने, ‘निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईंहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’
आज बिहान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शेखर कोइराला र केही कानुनविदसहित आयोगमा पुगेका थिए । उनीहरुले थापाहरुले गरेको विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरेका छन् ।