कांग्रेस महाधिवेशनबाट निर्वाचित समितिलाई अद्यावधिक गर्न आयोगलाई वरिष्ठ अधिवक्ता खड्काको सुझाव

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र कांग्रेसको विधानअनुसार बहुमतले नयाँ कार्यसमिति चयन गरेकाले अद्यावधिक गर्नु नै कानुनसम्मत निर्णय हुने उनले बताए ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Senior Advocate Khadka suggests to the Commission to update the committee elected by the Congress General Convention

काठमाडौँ — नेपाल बार एसोसिए;नका पूर्वाध्यक्ष प्रेमबहादुर खड्काले कांग्रेस विवाद समाधानका लागि छिटोभन्दा छिटो विशेष महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई अद्यावधिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । 

निर्वाचन आयोग पुगेका वरिष्ठ अधिवक्ता खड्काले राजनीतिक दलसम्वन्धी ऐनको दफा ५१ र कांग्रेसको विधानअनुसार बहुमतले नयाँ कार्यसमिति चयन गरेकाले अद्यावधिक गर्नु नै कानुनसम्मत निर्णय हुने तर्क गरे । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीसँगै आधिकारिकता दाबी गर्न पुगेका उनले विवरण अध्यावधिक गरिदिन भनेका हुन् ।

‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशतले आह्वान गरेमा गर्नुपर्नेछ भन्ने उल्लेख छ । महाधिवेशन माग गर्दा पनि आह्वान गरिएन भने त सजाय गर्ने व्यवस्था पनि विधानले गरेको छ,' खड्काले भने, ‘महामन्त्रीहरूले त यसलाई सम्बोधन गरेको मात्र हो ।’ 

'यसअघिको कार्यसमितिको विवरण हटाएर नवनिर्वाचितको नाम राखिदिनु भनेर उहाँहरूले निवेदन पनि दिनु भएको छ,’ उनले भने, ‘सोहीअनुसार छिटोभन्दा छिटो विवरण राखिदिँदा यो विवाद हल हुन्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully