देउवा पक्षलाई पौडेलको प्रश्न : विधि अनुसार चल्यो, विधान कार्यान्वयन भयो भने आन्दोलन गर्छु भन्न मिल्छ ?

'विधि अनुसार नेपाली कांग्रेस चल्यो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको अधिकार प्रयोग भयो । प्रयोग हुनु हुँदैन, त्यसकाविरुद्ध आन्दोलन गर्छु भन्न मिल्छ र ?'

माघ २, २०८२

कान्तिपुर संवाददाता

Poudel's question to the Deuba faction: Can we say that we will protest if the process is carried out according to the law and the statute is implemented?

काठमाडौँ — नेपाली कांग्रेसको गगन थापा पक्षका महामन्त्री प्रदीप पौडेलले विधि र विधान अनुसार चल्दा देउवा पक्षका नेताहरुले आन्दोलन गर्ने लगायतका कुरामा प्रतिक्रिया दिँदै उनीहरुलाई त्यसो नगर्न अनुरोध गरेका छन् ।

शुक्रबार आधिकारिताको विषयलाई लिएर निर्वाचन आयोगको बैठकबाट फर्किँदै उनले सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् ।

आफूहरुले तीन महिनादेखि महाधिवेशन गरौं भन्दा देउवा पक्षले बैठकमै दुई महिना गुजारेको उनले बताए । 'तीन महिनादेखि महाधिवेशन गरौं भन्दा उहाँहरुलाई महाधिवेशन गरौं भन्दा त्यतिकै गुजार्नुभयो । दुई महिना बैठक चलाएर गुजारियो । विधानको व्यवस्था सायद नेताहरुले नजरअन्दाज गर्नुभो । सच्चिने भनेको विधान बमोजिम हो,' उनले भने ।

उनले आफूहरु विधि अनुसार चल्दा आन्दोलन गर्ने भन्दै प्रश्नसमेत गरे । भने, 'विधि अनुसार चल्यो भने आन्दोलन गर्छु भन्न मिल्छ ? विधान कार्यान्वयन भयो भने आन्दोलन गर्छु भन्न मिल्छ ? आदरणीय नेताको सम्मान गर्दै म के भन्छु भने त्यसो भनिदिनुस् । योचाहिँ विधि अनुसार नेपाली कांग्रेस चल्यो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको अधिकार प्रयोग भयो । प्रयोग हुनु हुँदैन, त्यसकाविरुद्ध आन्दोलन गर्छु भन्न मिल्छ र ?'

कान्तिपुर संवाददाता

Link copied successfully