कांग्रेस प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जान्छ : सभापति गगन थापा

थापाले प्रधानमन्त्रीको उम्मेदवारका विषय भने केन्द्रीय कमिटीमा छलफल गरेर टुंग्याइने बताए ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress will go to the election after nominating a prime ministerial candidate: President Gagan Thapa

काठमाडौँ — कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टी प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका छन् । 

कान्तिपुरको पडकास्ट श्रृंखला वियोन्ड दि हेडलाइनमा शुक्रबार कुराकानी गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवारका विषय भने केन्द्रीय कमिटीमा छलफल गरेर टुंग्याइने बताए । उनले भने, 'केन्द्रीय कमिटीमा साथीहरुसँग सल्लाह गरेर प्रधानमन्त्रीको उम्मेदवार को हुने भनेर टुंगो लगाउँछौं ।'

उनका अनुसार एकताको अन्तिम प्रयास गर्ने क्रममा विशेष महाधिवेशन पक्षले ८ बुँदे प्रस्ताव संस्थापन पक्षलाई बुझाएको थियो । जसको एउटा बुँदामा प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने भनिएको थियो । उनले प्रधानमन्त्री आफै बन्ने भनेर प्रस्ताव नगरेको बताउँदै चुनावमा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार अघि सार्नुपर्छ भनेर त्यस्तो बुँदा राखिएको प्रस्ट पारे । 

सभापति थापाले १ सय ६५ क्षेत्रमै कांग्रेसले उम्मेदवार उठाएर निर्वाचनमा जाने पनि बताए । कांग्रेसले रुख चिह्नबाहेकमा मत नमाग्नेसमेत दाबी गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully