निर्धारित समयमै निर्वाचन हुनुपर्छ, दुई दिनभित्र उम्मेदवार टुंग्याउँछौं : शर्मा

संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै क्षेत्रमा उम्मेदवार‍ टुंग्याउने गरी आफूहरुले काम गरिरहेको बताए ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Elections should be held on time, we will finalize candidates within two days: Sharma

काठमाडौँ — गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए ।

उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने जानकारी पनि दिए । 

संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै क्षेत्रमा उम्मेदवार‍ टुंग्याउने गरी आफूहरुले काम गरिरहेको बताए । उनले आयोगले दिने निर्णयलाई ढिलाई नगर्न पनि आग्रह गरे । 

‘माघ ६ आउनलाई ४ दिन बाँकी छ । हामीले यो जानकारी गराउन चाहन्छौँ । पार्टीको सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रकै लागि उम्मेदवार अबको दुई दिनभित्र टुंग्याउने गरी तम्तयार अवस्थामा हाम्रो टिमले काम गरिरहेको छ,' शर्माले भने, 'घोषणापत्रको टिमले काम गरिरहेको छ । निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ । यसमा हाम्रो सम्पूर्ण रुपले साथ रहन्छ । यसको कारणले कुनै असर पर्नु हुँदैन । निर्वाचन आयोगले यसमा निर्णय गर्ने कुरालाई ढिलो नगरिदिनुस् ।’ 

उनले आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहोल बनाउन आफूहरुले सहयोग गर्ने बताए । 

कान्तिपुर

Link copied successfully