कांग्रेस आधिकारिताको विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन् ।
काठमाडौँ — कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ । सकेसम्म आजै निर्णय दिनेगरी छलफल भइरहेको आयोग स्रोतले जनाएको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको र शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको छ ।
उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा छन् ।
कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित आयाेगका आयुक्तहरु छलफलमा छन् ।
निर्वाचन आयोगको निर्णयको पर्खाइमा कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालय अगाडि सडक अवरुद्ध गरेर बसेका छन् ।
