देउवा पक्षीय तरुण दलसहितका नेता, कार्यकर्ताले कार्यवहाक प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै नाराबाजी गरेका हुन् ।
काठमाडौँ — गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिता पाएपछि निर्वाचन आयोगविरुद्ध शेरबहादुर देउवा पक्षले नाराबाजी गरेका छन् ।
देउवा पक्षीय तरुण दल, नेविसंघसहितका नेता, कार्यकर्ताले कार्यवहाक प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । आयोगको आज बसेको बैठकले थापा पक्षलाई आधिकारिक मान्यता दिएको हो । त्यसपछि देउवा पक्षीय नेता पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, प्रकाशशरण महतलगायत नेताहरु आयोगको निर्णय मान्दैनौं भनेर बाहिरिएका थिए । लगत्तै कांग्रेस कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका थिए ।
अहिले कान्तिपथ क्षेत्र शान्त बन्दै गएको छ ।
