आयोगले दुवै समूह पुगेपछि थापा पक्षलाई केहीबेर गेटमै रोकेको थियो ।
काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको टोली आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा पुगेकाे छ ।
शुक्रबार दिउँसो थापा नेतृत्वको टोली यसअघि बुझाएको अद्यावधिक विवरणमा निर्णय माग गर्दै आयोग पुगेको हो । यसअघि सभापति शेरबहादुर देउवा पक्ष पनि पुगेको थियो ।
आयोगले दुवै समूह पुगेपछि थापा पक्षलाई केहीबेर गेटमै रोकेको थियो ।
शुक्रबार बिहान कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । त्यसपछि थापा पक्ष आफूहरुलाई आधिकारिक भएको विवरण अध्यावधिक गर्न दबाब दिन आयोगमा पुगेको हो ।
थापा पक्षले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।
