जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु

निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र गठबन्धनसम्बन्धी एजेन्डामा छलफल भइरहेको छ ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

The first meeting of the Central Coordinating Committee of Jaspa Nepal has started

काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरणपश्चात् गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु भएको छ ।

बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ । बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ । 

‎विशेषगरी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल सुरु गरिएको छ । निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र व्यवस्थापन तथा गठबन्धनसम्बन्धी एजेन्डाहरूमा विचार–विमर्श भइरहेको छ ।

बैठकमा एजेन्डागत रुपमा नेताहरुले आ–आफ्नो सुझावसहित विचार राख्ने क्रम जारी छ ।

कान्तिपुर

Link copied successfully