कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्दै

कांग्रेस सहमहामन्त्री उदयशम्शेर जबराका अनुसार ललितपुरको कुपण्डोलमा केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठक साढे १० बजे बस्नेछ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

The first meeting of the Central Committee elected by the Congress Special General Convention is being held.

काठमाडौँ — नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीय समिति बस्दैछ । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।

कांग्रेस सहमहामन्त्री उदयशम्शेर जबराका अनुसार ललितपुरको कुपण्डोलमा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बैठक साढे १० बजे बस्नेछ। पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अध्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोग जाने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो।

कान्तिपुर संवाददाता

Link copied successfully