विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण

नवनिर्वाचित सभापति गगनकुमार थापाले छिट्टै निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

The Congress Working Committee elected from the special general convention submitted details to the commission.

काठमाडौँ — कांग्रेसको विशेष महाधिवशेनबाट निर्वाचित भएका सभापति गगनकुमार थापाले छिट्टै निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन दिएपछि उनले यस्तो बताएका हुन् ।

निर्वाचन आयोग पुगेको टोलीले कार्यवाहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तलाई भेटेर टोलीले छिटो निर्णय गर्न आग्रह गरेको छ ।

The Congress Working Committee elected from the special general convention submitted details to the commission.

‘राजनीतिक दलसम्बन्धी ऐनको  व्यवस्थाअनुसार अद्यावधिक गराउनुपर्ने भएकाले हामी आयोगमा आएका छौं,’ थापाले भने, ‘निर्वाचन आयोगले छिटोभन्दा छिटो यसमा निर्णय गरिदिन अनुरोध गर्दछौं ।'

उनले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको भन्दै आवश्यक सबै विवरण साथै पेस गरेको बताए ।

आयोगमा नवनिर्वाचित समितिसहित कानुनविद् पनि पुगेका थिए । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, यदुनाथ खनाल टोलीमा थिए भने । सभापति थापासहित उपसभापतिहरु विश्वप्रकाश शर्मा, पुष्पा भुसाल लगायत अरु नेता पनि निर्वाचन आयोग पुगेका थिए ।

आयोगले निवेदन स्वीकार गरेको छ भने कुनै प्रतिक्रिया दिएको छैन ।

The Congress Working Committee elected from the special general convention submitted details to the commission.

The Congress Working Committee elected from the special general convention submitted details to the commission.

तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

कान्तिपुर संवाददाता

Link copied successfully