कारबाही गर्न उक्साउनेमा म संलग्न छैन : श्याम घिमिरे

पार्टीभित्रको आन्तरिक विवादमाआफू संलग्न नभएको भन्दै उनले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मन्सुरलाई कारबाही गर्न आफूले कुनै भूमिका नखेलेको उनले बताए।

माघ १, २०८२

कान्तिपुर संवाददाता

I am not involved in inciting action: Shyam Ghimire

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम् तत्कालीन प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले महामन्त्री र सहमहामन्त्रीहरूलाई कारबाही गर्न उक्साउनेमा आफू संलग्न नभएको दाबी गरेका छन्।

पार्टीभित्रको आन्तरिक विवादमाआफू संलग्न नभएको भन्दै उनले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मन्सुरलाई कारबाही गर्न आफूले कुनै भूमिका नखेलेको उनले बताए।

पार्टी भित्रको विवाद समाधान र एकता कायम राख्न आफूले पहल गरेको उनको भनाइ छ। कांग्रेसको बृहत्तर एकताका पक्षमा सधैं रहिरहेको भन्दै घिमिरेले सभापति शेरबहादुर देउवालाई पनि एकताकै पक्षमा लाग्न सुझाव दिएको बताए।

'हिजोको केन्द्रीय समितिको बैठकमा कारबाहीको प्रस्ताव आउँदा र निर्णय हुँदाका बखत म बैठक हलभित्र पनि थिइनँ। कारबाहीको निर्णय हुँदा बाहिर निस्किसकेको थिएँ। त्यसमा मेरो नाम जोड्नु गलत हो,' घिमिरिले भने। 

कान्तिपुर

Link copied successfully