कांग्रेस अब सबै खालको परिवारवादबाट मुक्त भयो : गगन थापा

भोलि नै कांग्रेसको बैठक बस्ने र निर्वाचन आयोगमा गएर अध्यावधिक गराउने पनि थापाले बताए । 'त्यससँगै कांग्रेसभित्र भएका द्विविधाहरू अन्त्य हुनेछन्,' उनले भने, 'कुनै दलको भुईं तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप हो यो ।'

माघ १, २०८२

कान्तिपुर संवाददाता

Congress is now free from all forms of nepotism: Gagan Thapa

काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशन पक्षधरबाट सभापतिमा निर्वाचित गगन थापाले अब कांग्रेस सबै खालको परिवारवादबाट मुक्त भएको बताएका छन्।

विशेष महाधिवेशनलाई बुधबार राति सम्बोधन गर्दै उनले भने, 'अब नेपाली कांग्रेस सबै गुटबाट मुक्त भयो।' उनले प्रश्नहरू मरेको पार्टीले बाहिर गएर न्याय गर्न नसक्ने पनि बताए।

थापाले कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहेको उल्लेख गर्दै त्यसैको नयाँ परम्परा अब सुरु भएको दाबी गरे। 'अब शेरबहादुर देउवाको अध्याय टुंगिएको छ,' उनले भने, 'कसलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउने हो, निर्णय गर्नुस् भनेर देउवालाई भनेकै हो। आज बिहान पनि त्यही भनेको हो।'

उनले पार्टीलाई ठीक ठाउँमा उभ्याउने निर्णय लिन आग्रह गरे पनि त्यसो नभएको बताए। अन्त्यमा उनले प्रश्न गरे, 'के यति भन्नु अपराध थियो ?'

भोलि नै कांग्रेसको बैठक बस्ने र निर्वाचन आयोगमा गएर अध्यावधिक गराउने पनि थापाले बताए । 'त्यससँगै कांग्रेसभित्र भएका द्विविधाहरू अन्त्य हुनेछन्,' उनले भने, 'कुनै दलको भुईं तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप हो यो ।'

विशेष महाधिवेशन पक्षधरहरूले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचित गरेका छन्। विश्वप्रकाश शर्माले गगन थापालाई दूबोको माला लगाइदिएर बधाई दिएका थिए।   

कान्तिपुर संवाददाता

Link copied successfully