‘देउवा पक्ष पार्टीका लागि होइन, स्वार्थका लागि पार्टीको दोहन गरिरहेको छ भनेबारे स्प्ष्ट भएको छ ।’
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले देउवा पक्षले गरेको कारबाही आपराधिक ढंगको भएको बताएका छन् ।
एकपक स्पष्टीकरणसमेत नसोधी, सहमतिको नाममा अलमलाएर साधरण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको विषय आपत्तिजनक रहेको उनले बताए ।
‘आज देशभर कांग्रेसमा जसका प्रति भरोसा र विश्वास छ, त्यसैलाई कारबाही गरेर देउवा पक्षले कस्तो कांग्रेस बनाउन खोजेको हो ?', पोखरेलले भने, ‘देउवा पक्ष पार्टीका लागि होइन, स्वार्थका लागि पार्टीको दोहन गरिरहेको छ भनेबारे स्प्ष्ट भएको छ ।’
विशेष महाधिवेशन दुई दिन लम्बाएर गरिएका प्रयास देउवा पक्षले समय अलमलाउनका लागि प्रयोग गरेको उनले बताए ।
