सुमन सायमीको समूह नेकपामा समाहित

राष्ट्रियसभा गृहमा बुधबार आयोजित कार्यक्रममा सुमन सायमीसहितको समूह नेकपामा समाहित भएको हो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Suman Sayami's group joins NCP

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांस्कृति अभियन्ता सुमन सायमी नेकपामा समाहित भएका हुन् ।

राष्ट्रियसभा गृहमा बुधबार भएको कार्यक्रममा सायमीसहितको समूह नेकपामा समाहित भएको हो ।

सायमी अभियन्ता उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षण, गुठी विधेयकविरुद्ध आन्दोलनका अगुवा नेकपामा समाहित भएका हुन् । नेकपाले सायमीलाई काठमाडौं ८ मा उम्मेदवार बनाउने तयारी गरेको छ ।

नेकप संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपाल र मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सायमीले हस्ताक्षर गरेको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

संरचनात्मक न्यायिक खोला पीडित सहकारी पीडितबारे गम्भीर हुँदै राजनीतिक एकता आवश्यक भएकाले एकता भएको सहमतिमा पीडित वर्गको हक र अधिकारका लागि संघर्ष गर्ने, लोकतन्त्र, राष्ट्रिय अखण्डता, पहिचान सहित समाजवादको स्थापना गर्ने भन्दै एकता गरेका हुन् ।

शासकीय स्वरुपमा जनमुखी सुधार गर्न संविधा संशोधन गर्ने, समावेशी प्रतिनिधित्व अनिवार्य कार्यान्वयन गर्ने पनि सहमतिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully