बदलिएको समय अनुसार कांग्रेस चलाऔं भन्दा कारबाही : विश्वप्रकाश शर्मा

‘म बिहानैदेखि महामन्त्रीको पदमा छँदै छैन भने के–को कारबाही ।’

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Let's run Congress according to the changing times, rather than taking action: Bishwaprakash Sharma

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले जिन्दगीमा पहिलो पटक कारबाहीमा परेको टिप्पणी गरेका छन् ।

सानेपामा बसेको काग्रेस शेरबहादुर देउवा पक्षले विशेष महाधिवशेन गरेर पार्टीको हित विपरीत काम गरेको भन्दै अनुशासनको कारबाही गर्दै पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी काराबहीको निर्णय गरेको थियो ।

उक्त निर्णयमा प्रतिक्रिया दिँदै उनले बदलिएको समय अनुसार कांग्रेस चलाउन खोजेको तर कारबाहीमा परेको दाबी गरे ।

बदलिएको समय अनुसार कांग्रेस चलाऔं भन्दा कारबाहीमा पर्नुपर्ने स्थिति आएको उनले उल्लेख गरेका छन् । भृकुटीमण्डपको विशेष महाधिवेशन हलमा बोल्दै उनले कारबाही गरेर आफूलाई पुरस्कृत गरिएको बताएका छन् । उनले आफूले बिहानै महामन्त्री छाडिसककोसमेत बताएका छन् । छाडिसकेको पदमा के–को कारबाही ? उनले भने, ‘म बिहानैदेखि महामन्त्रीको पदमा छँदै छैन भने के–को कारबाही ।’

कांग्रेसको विधान अनुसार २०१७ सालमा विशेष महाधिवेशन गरेर बीपी कोइरालाले नेतृत्व लिएको र अहिले पनि यस्तै परिवर्तन ल्याउन खोजेर भएको विशेष महाधिवेशन गरिएको दाबी उनले गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully