नेता भण्डारीले भने- ‘अत्यन्त दुःखद, कांग्रेसलाई ठूलो क्षति’

नेता चन्द्र भण्डारीले विगतको तीतो अनुभवबाट सिकेर मिल्नुको विकल्प नरहेको बताएका छन् ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Leader Bhandari said - 'Extremely sad, a great loss to the Congress'

काठमाडौँ — नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र देखिएको पछिल्लो विवादलाई 'अत्यन्त दुःखद' संज्ञा दिएका छन् ।

पार्टीलाई एकढिक्का राख्न गरिएका तमाम प्रयासहरू असफल भएको स्वीकार गर्दै उनले यसबाट कांग्रेसलाई ठूलो क्षति पुग्ने बताएका हुन् ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो संक्षिप्त तर गम्भीर धारणा सार्वजनिक गर्दै नेता भण्डारीले विगतको तीतो अनुभवबाट सिकेर मिल्नुको विकल्प नरहेको उल्लेख गरे । 'अत्यन्त दुःखद !!! कांग्रेसलाई ठूलो क्षति !!! एक दिन मिल्नु नै छ, जुन विगतको अनुभव हामीसँग छ,' उनले लेखेका छन्, 'तर अथक प्रयास सफल हुन सकेन ।'

कांग्रेसभित्र शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वयसहितका नेताहरूलाई कारबाही गरेपछि उत्पन्न परिस्थितिलाई लिएर भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले पार्टीलाई विभाजनबाट जोगाउन अन्तिम समयसम्म कोसिस गरे पनि त्यो सफल हुन नसकेकोमा खेद प्रकट गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully